नेपाल बार एसोसिएसनको तयारी प्रधानन्यायाधीशलाई अदालत भित्र प्रवेश निषेध गर्ने तयारी

नेपाल बार एसोसिएसनको तयारी प्रधानन्यायाधीशलाई अदालत भित्र प्रवेश निषेध गर्ने तयारी
काठमाडौँ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा रहेका वकिल ९कानुन व्यवसायी०हरु आज पनि विरोध प्रदर्शन तथा धर्नामा उत्रिने भएका छन् ।
नेपाल बार एसोसिएसनको नेतृत्वमा उनीहरुले सर्वोच्च अदालतको मूल गेटमै धर्ना दिएर प्रधानन्यायाधीशलाई नै सर्वोच्च अदालतभित्र छिर्न नदिने तयारी गरेको बताइएको छ ।
हिजो बिहीबार पनि उनीहरुले गेटमा धर्ना दिएपछि प्रहरीद्वारा हस्तक्षेप गरेर स्थिति तनावपूर्ण भएको थियो । यसबाट झनै आक्रोशित वकिलहरुले आजदेखि थप सशक्त रुपमा विरोध प्रदर्शन गर्ने तयारी थालेका हुन् । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालतमै प्रवेश गर्न नदिनेगरी धर्ना तयारी गरिएकाले स्थिति थप जटिल बन्न सक्ने बताइएको छ । यस्तै अवस्थालाई लक्षित गरी प्रशासनले पनि सर्वोच्च परिसरमा सुरक्षाकर्मी परिचालन बढाएको छ ।
सर्वोच्च अदालतले नै थप सुरक्षा बल मगाएर विरोध तथा धर्ना निस्तेज पार्ने तयारी गरेको छ । यसका कारण झडपको स्थिति निम्तिन सक्ने बताइएको छ । प्रहरीले कानून वकिलहरुलाई धर्नास्थलमा नै पुग्न नदिने रणनीति बनाएको छ भने वकिलहरुले सडकबाट भए पनि प्रदर्शन सशक्त बनाउने तयारी गरेका छन् ।