२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

संविधान संशोधन गरेर अधिकार खोस्न खोजिएको भन्ने हल्ला सत्य होइन : सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकार पनि कटौती गर्छ भन्ने प्रचार भइरहेको छ ।  कांग्रेस र एमाले लडेर जनतालाई अधिकार दिएका छौं । सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन ।’

उनले राजनीतिक स्थायित्व दिनको लागि कांग्रेस एमालेबीच सत्ता सहकार्य भएको पनि बताए । ‘७÷८ महिनामा सरकार परिवर्तन भइराख्ने र सरकारले केही गर्न नसक्ने भएकाले ठूलो दल मिलेका छौं,’ उनले भने ।

यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको उनले जिकिर गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com