२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

रामचन्द्र पौडेललाई सिर्जना सिंहको प्रश्न- गोरखामा जेल पर्दा मेरो सहयोग बिर्सनुभयो ?

 

काठमाडौं । नेपाली कांग्रेसका रिष्ठ नेता रामचन्द्र पौडेलको अभिव्यक्तिको सिर्जना सिंहले खण्डन गरेकी छन् ।

वंशवादका आधारमा टिकट वितरण हुँदा काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस हारेको वरिष्ठ नेता पौडेलको अभिव्यक्ति दिएका थिए । नेता पौडेको उक्त अभिव्यक्तिप्रति कांग्रेसबाट पराजित काठमाडौं महानगरकी उम्मेदवार सिंहले खण्डन गरेकी हुन् ।

उनले आफ्नो राजनीतिक पृष्ठभूमि बिर्सेको हो भनी प्रश्न समेत गरेकी छन् । आफ्नो राजनीतिक पृष्ठभूमिबारे जानकार पौडेलले गरेको टिप्पणी सुहाउँदो नभएको पनि उनको भनाई छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्– ‘मेरो राजनीतिक यात्रा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नुभएको थाहा पाउनु भएको हामी छिमेकी जिल्लाबासी पनि। मेरो बिहेअघि तपाईं गोरखामा जेल पर्नु हुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनुभएको हो दाईरु यो कुरा तपाईंको मुखबाट आउँदा, भन्दा अली सुहाएन की दाई ।’

नेपाली कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावबारे औपचारिक रूपमा समीक्षा गरिसकेको छैन । काठमाडौं महानगरमा सत्ता गठबन्धनसँग मिलेर कांग्रेसले संयुक्त उम्मेदवारी दिए पनि नतिजा आफ्नो हातमा पार्न सकेको थिएन । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com