भारतिय माओबादी र सुरक्षाकर्मी बीच भिडन्त

एजेन्सी । भारतको महाराष्ट्रको गडचिरोलीमा प्रहरीसंगको भिडन्तमा २६ नक्सलवादी मारिएका छन् ।
महाराष्ट्रको गडचिरोली जिल्लामा प्रहरी र नक्सलवादीबीचको भिडन्तमा २६ नक्सलवादीको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय एसपी अंकित गोयलले मृत्यु हुनेको संख्या पुष्टि गरेका छन् र ग्यारापट्टी जंगलमा भएको यस भिडन्तमा चार प्रहरी पनि घाइते भएको बताएका छन्।
यी प्रहरीलाई हेलिकप्टरबाट नागपुरको ओरेन्ज सिटी अस्पतालमा लगिएको छ जहाँ उनीहरुको उपचार भइरहेको छ ।