२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

कास्कीमा , १८ लाखसहित जुवाडे पक्राउ

कास्की प्रहरीले १८ लाख नगदसहित ६ जना जुवाडे पक्राउ गरेको छ । हुन् । नवीन गौचनको घरमा तास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

पक्राउ पर्नेहरुमा मुस्ताङ थासाङ घर भई पोखरा १२ बस्ने नवीन गौचन, पोखरा १२ फूलबारीका काजी गुरुङ, माटेपानीका सुर्य गुरुङ, दैलेख नौमुले घर भई पोखरा २६ विजयपुर बस्ने खम्बा सिंह राना, मादी गाउँपालिका घर भई पोखरा १३ संगम टोल बस्ने खेमराज गुरुङ र पोखरा १९ घर भई वडा नम्बर १६ दीप बस्ने श्याम श्रेष्ठ छन् ।

उनीहरुको साथबाट १८ लाख ७५ हजार ५ सय ३० रुपैयाँ बरामद भएको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवतmा डीएसपी सुवास हमालले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com