२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

जर्जिन्हो पेनाल्टीमा चुक्दा इटली रोकियो

काठमाडौं, २७ कात्तिक(अन्तिम मिनेटमा भारको सहयोगमा पाएको पेनाल्टी अवसर खेर फाल्दा युरो विजेता इटली कतार विश्वकप अन्तगर्त युरोपेली छनोटमा स्विट्जरल्यान्डसँग अंक बाँड्न बाध्य भएको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा ९० मिनेटमा पाएको पेनाल्टीलाई मिडफिल्डर जर्जिन्होले बाहिर प्रहार गर्दा इटली २-१ को अग्रता बनाउन चुकेको हो । यस नतिजासँगै इटालीले सिधै विश्वपकमा छनोट हुने मौका गुमाएको छ ।

खेलमा स्विट्जरल्यान्डले सिल्भान विडमेरको गोलबाट ११ औं मिनेटमा अग्रता बनाएको थियो । ३६ मिनेटमा जिओभानी डे लोरेन्जोले बराबरी गोल गरेका थिए । अन्तिम समयमा भारको सहायताले पेनाल्टी पाएपनि इटली जित निकाल्न सफल भएन ।

खेलपछि समूह ‘सी’मा सात चरणका खेल सकिँदा इटली र स्विट्जरल्यान्ड १५/१५ अंकमा साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । समूह ‘सी’ को खेलमा नर्थन आयरल्याण्ड र लिथुआनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com