२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

युरो छनोटमा डेनमार्क र नेदरल्याण्ड्स विजयी

२५ भदौ, काठमाडौं । युरो २०२४ को छनोटअन्तर्गत आइतबार राति भएको खेलमा डेनमार्क र नेदरल्याण्ड्स विजयी भएका छन् ।

समूह एचको खेलमा डेनमार्कले फिनल्याण्डलाई १-० ले हरायो । डेनमार्कका लागि पिएरे एमिल होएवर्गले ८६औं मिनेटमा विजयी गोल गरे ।

यस जितपछि डेनमार्कले अंकतालिकामा फिनल्याण्डलाई नै पछि पारेको छ ।

६ खेलबाट डेनमार्क र स्लोभेनियाको समान १३ अंक छ । तर गोलअन्तरमा स्लोभेनिया अघि रहँदै शीर्ष स्थानमा छ भने डेनमार्क दोस्रो स्थानमा छ । समान खेलबाट १२ अंक रहेको फिनल्याण्ड तेस्रो स्थानमा छ ।

स्लोभेनियाले सानमारिनोलाई ४-० ले पराजित गरेको थियो ।

यस्तै समूह बी अन्तर्गत खेलमा नेदरल्याण्ड्सले आयरल्याण्डलाई २-१ ले पराजित गरेको छ । नेदरल्याण्ड्सले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।

खेलको चौथो मिनेटमै एडम इडाहले पेनाल्टीमा गोल गर्दै आयरल्याण्डलाई अग्रता दिलाएका थिए ।

तर १९औं मिनेटमा नेदरल्याण्ड्सले पेनाल्टी पायो र डच टोलीका लागि कोडी गाक्पोले पेनाल्टीमा बराबरी गोल फर्काए । त्यसवछि वाउट वेघोर्स्टले ५६औं मिनेटमा नेदरल्याण्ड्सका लागि विजयी गोल गरे ।

जितपछि चार खेलबाट ९ अंक जोडेर नेदरल्याण्ड्स समूह बी को दोस्रो स्थानमा उक्लेको छ । यसै समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टरलाई ५-० ले हरायो । ९ अंक नै जोडेको ग्रीस तेस्रो स्थानमा छ ।

समूह इ अन्तर्गतको खेलमा भने पोल्याण्ड अल्बानियासँग २-० ले पराजित भएको छ । अल्बानिया पाँच खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँच खेलबाट ६ अंक रहेको पोल्याण्ड चौथो स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com