२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

चुनावमा पराजय हुने डरले प्रचण्डले एकताको भ्रम छरे : धर्मेन्द्र बास्तोला

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बास्तोलाले चुनावमा पराजय हुने डरले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपासँग एकताको कुरा गरेको हुन सक्ने भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताए ।

अबको चुनावमा माओवादी केन्द्रको राम्रो परिणाम नआउने भन्दै उनले वैज्ञानिक समाजवादमा जानका लागि मात्र नेपालमा बृहत् कम्युनिस्ट एकता हुन सक्ने धारणा राखे ।

न्यायालयमा देखिएको पछिल्लो दृश्यले दुःखित तुल्याएको भन्दै उनले न्यायालयमा देखिएको घटना दलाल पुँजीवादी व्यवस्थाको उपज भएको टिप्पणी गरे ।

वर्तमान संसदीय व्यवस्था परिवर्तका लागि जनमतसंग्रहको चुनाव गर्नुपर्ने पक्षमा आफूहरू रहेको उनले उल्लेख गरे । त्यसबाहेकको चुनावमा सहभागी नहुने उनले बताए ।

बास्तोलाले जनता मारमा पर्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी दिए । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले सबै क्षेत्रमा प्रभाव पर्ने भन्दै उनले सरकारले मूल्यवृद्धि फिर्ता लिनुपर्नेमा जोड दिए ।

पेट्रोलियम पदार्थमा सरकारले लिएको कर निकै बढी भएको र आयल निगमबाट राज्यमा बस्ने व्यक्तिले फाइदा लिएको आरोप समेत उनले लगाए । उनले आफूहरूको अबको आन्दोलन शान्तिपूण हुने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com