२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

पासपोर्टको दुरुपयोग गरेको छैन–रवि लामिछाने

पासपोर्टको दुरुपयोग गरेको छैन–रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पासपोर्टको दुरुपयोग नगरेको बताएक्का छन् । आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी लिएको भने उनले स्वीकार गरे ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘अमेरिकाबाट नेपाल बस्ने गरी फर्कने भएपछि आवश्यक कागजातहरु बनाएको हुँ,’ उनले भने, ‘त्यसको सदुपयोग, दुरुपयोग केही गरिनँ ।’

उनले आफ्नो देशको पासपोर्ट सोझो हिसाबले बनाएको तर त्यसको दुरुपयोग भने नगरेको उनले बताए । १२–१४ वर्ष बसेको देशको कागजात च्यातेर हिंड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यवसाय रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com