२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

भारतको केन्द्रीय राजधानी दिल्लीमा घरबाटै काम गर्ने व्यवस्था लागू गर्न सुप्रिम कोर्टु को आदेश

तस्बिरः एजेन्सी


काठमाण्डौ – वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम कोर्ट सर्वोच्च अदालत० ले केन्द्रीय राजधानी दिल्लीमा घरबाटै काम गर्ने व्यवस्था लागू गर्न आदेश दिएको छ ।

दीपावलीको आसपासबाट बढेको वायु प्रदूषणको असर बढ्दै गएपछि सर्वोच्च अदालतले वर्क फर्म होमु अर्थात् घरबाटै काम गर्ने व्यवस्था लागू गर्न दिल्ली सरकारलाई आदेश दिएको हो । गएको वर्ष वायु प्रदूषण बढ्दा र कोरोना महामारीको बेला पनि दिल्लीमा वर्क फर्म होमु लागू भएको थियो ।

केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषणको मुद्दामा आज सोमवार सुनुवाइ गर्दै भारतीय सुप्रिम कोर्टले दिल्ली, पञ्जाब, उत्तर प्रदेश र हरियाणा राज्यका अधिकारीहरूलाई संयुक्त बैठक बसेर प्रदूषण घटाउने विधि लागू गर्न पनि भनेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । विभिन्न राज्यमा पराल जलाउनु, उद्योग, सवारी साधन र धुलोका कारण वायु प्रदूषण बढेको सरकारी अधिकारीहरू बताउँछन् ।

दिल्ली सरकारले प्रदूषण नियन्त्रणका लागि लकडाउन गर्न तयार रहेको भन्दै यसमा राष्ट्रिय राजधानीमा समेटिएका हरियाणा, उत्तर प्रदेश र राजस्थानका जिल्लाहरूमा पनि लकडाउन आवश्यक रहेको बताएको छ ।

वायु प्रदूषण बढेपछि दिल्लीका विद्यालयहरू हिजो आइतवारदेखि नै बन्द गरेर अनलाइन कक्षा सुरु गरिएको छ । दिल्लीमा अहिले वायु गुणस्तर सूचक (एक्यूआई) दुई सय ४१ पुगेको छ । एक्यूआई दुई सयभन्दा माथि जानुलाई वातावरण अति अस्वस्थ भएको मानिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com