घूस लिँदालिँदै जनप्रतिनिधि पक्राउ

सर्लाही – सेवाग्राहीसँग घूस लिएको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले वडा सदस्यद्वयलाई लालबन्दी नगरपालिका–७ स्थित कृष्ण इन्टरप्राइजेजबाट सोमबार नियन्त्रणमा लिएको हो ।

काम मिलाइदिन्छु भन्दै एक लाख ५० हजार रूपैयाँ घूस लिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: