२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : विद्युतीय बसदेखि व्यवस्थित सहरसम्म (पूर्णपाठसहित)

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : विद्युतीय बसदेखि व्यवस्थित सहरसम्म (पूर्णपाठसहित)

जनसेवा न्युज डटकम संवाददाता

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९÷८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

२८६ बुँदाको नीति तथा कार्यक्रममा प्रदेशका मुल समस्या गरिबी, बेरोजगारी, न्यून विकास तथा स्रोतको अभावलाई चिर्दै जनचाहना बमोजिमको विकास कार्य अघि बढाउने लक्ष्य लिइएको छ । नीति तथा कार्यक्रममा पुराना केही कार्यक्रमलाई निरन्तरता दिइएको छ । सार्वजनिक–निजी साझेदारीको अवधारणामा विद्युतीय सवारी साधन सञ्चालन गर्ने, पोखरा महानगरमा विद्युतीय भुक्तानी प्रणालीयुक्त नगर बस सञ्चालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै, ‘व्यवस्थित सहर  हामी सबैको रहर’ नाराका साथ प्रदेश सरकारले सहर बसाउन योग्य स्थानका रुपमा गोरखाको पालुङटार, नवलपुरको बुलिङटार, स्याङ्जाको चापाकोट र बागलुङको गलकोटलगायतका स्थानलाई व्यवस्थित सहरको रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र जग्गा एकीकरणका लागि आवश्यक कानुन तर्जुमा गर्ने योजना पनि अघि सारेको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ–   

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com