कर्णाली प्रदेश कालिकोट:गमगढी बजारमा भीषण आगलागी, २१ वटा घर जले
कर्णाली प्रदेश कालीकोट जिल्ला। मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।
आगलागीमा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका गोरख मल्लको एउटा कच्ची घर भत्काइएको हो ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो ।
सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो केही नियन्त्रणमा लिएको महतले जानकारी दिनुभयो । साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको उहाँको भनाइा छ ।
आगलागीमा मानवीय क्षति भएको छैन । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।