२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

अग्लो भएरै कुटाई खान्थे अमिताभ

एजेन्सी । टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को मञ्चमा अभिनेता अमिताभ बच्चन आफ्नो जीवनसँग जोडिएका अनेक किस्सा दर्शकलाई सुनाउन पछि पर्दैनन् । कैयौं पटक उनका किस्साले फ्यान भावुक पनि भएका छन् । हालैमात्र उनले आफ्नो उचाईका बारेमा अनेक किस्सा सुनाए ।

उनले शोको पछिल्लो भागमा आफ्नो स्कुलको दिनको सम्झना गरेका छन् । यो कुराको सुरुवात प्रतिष्पर्धी काशवी शर्माबाट भयो । फास्टेस्ट फिंगर फस्ट राउण्ड जितेर काशवीले हट सिटमा बस्ने मौका पाइन् । काशवीको कुरा गर्दै अमिताभले स्क्रिनमा उनको रिपोर्ट कार्ड देखाए । कार्ड हेर्नासाथ काशवीले आफूलाई आफ्नो कम उचाई मन नपरेको बताइन् ।

उचाईको कुरा गर्नासाथ अमिताभले आफ्नो स्कुलको दिन सम्झिाए । ‘मैले स्कुलमा उचाईकै कारण धेरै समस्या भोगें । हामीलाई स्कुलमा बक्सिङ सिक्न जरुरी थियो । तर अग्लो उचाईका कारण मलाई सिनियर समूहमा राखिदिए । म स्कुलमा धेरै कुटाई खान्थे, किनकी म अग्लो थिएँ ।’ उनले भनेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com