२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

भारतसँग दुस्मनी हैन, मित्रता चाहन्छौँ -तालिबानी विदेशमन्त्री मुक्तकी

काठमाण्डौ -अफगानिस्तान कब्जा गरेको तालिबानले भारतसँग दुस्मनी नभइ मित्रता चाहेको बताएको छ।

विदेशमन्त्री अमिर खान मुक्तकीले बीबीसीसँगको कुराकानीमा आफूहरुले भारतसँग कुनै रिस र दुस्मनी नभइ मित्रता चाहेको बताउनुभएको हो । भर्खरै पाकिस्तान भ्रमणबाट फर्किएका विदेशमन्त्री मुक्तकीले पाकिस्तानसँग सम्बन्ध बढाउनुको अर्थ भारतसँग दूरी बढाउनु नरहेको बताउनुभएको पनि खबरमा उल्लेख छ ।

तालिबान सरकारले कुनै पनि देशसँग मित्रवत व्यवहार गर्ने भन्दै विदेशमन्त्रीले रुस, चीन, भारतलगायतका ठूला देशसँगको सम्बन्ध सुमधुर बनाउने बताउनुभएको छ । देशका धेरै ठाउँबाट इस्लामिक स्टेट आईएसलाई पराजित गरेको र अफगानिस्तानमा धेरै ठूलो खतरा नरहेको उहाँको दाबी छ ।

पहिलो पटक महिला पत्रकारलाई अन्तर्वार्ता दिएका विदेशमन्त्री मुक्तकीले महिलालाई अधिकार दिने सरकारको घोषणा कार्यान्वयन हुने पनि दाबी गर्नुभएको छ । तालिबान पहिलेको तुलनामा धेरै बदलिएको भन्दै उहाँले महिलालाई प्रतिबन्ध लगाएर देश अघि बढ्दैन भन्ने कुरामा आफूहरु ढुक्क रहेको बताउनुभएको खबरमा उल्लेख छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com