७० अंकले बढ्यो नेप्से

काठमाडौं – मंगलबार नेप्से झण्डै ७० अंकले बढेको छ ।

मंगलबार ६९।२२ अंकले बढेर नेप्से २७८४.५८ को बिन्दुमा पुगेको छ ।

आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो ।

मंगलबार २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

जसमा १७१ कम्पनीको शेयर मूल्य बढ्दा १५ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: