थप ३७७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

थप ३७७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु


काठमाडौँ । आज ३१ गते नेपालमा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार १४९ जनाको नमूना परीक्षण गर्दा आज ३७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो सोहि अवधिमा देशका विभिन्न ठाउँमा गरी ४ जना संक्रमितको मृत्यु भएको छ भने १७० जना संक्रमणबाट मुक्त (निको) भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति : मंसिर १, २०७८

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: