२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आज थप ८०१७ जनामा कोरोना पुष्टि, १५ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५२९२ जना कोरोना मुक्त भए, १५ संक्रमितको मृत्यु

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ३७ हजार ०.० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २१ हजार ८०८ जनाको परीक्षण हुँदा हालसम्म कुल ६१ लाख ३३ हजार ०२१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com