२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

जनमोर्चाले आगामी निर्वाचनमा एमाले र राजावादीसँग सहकार्य नगर्ने

देशमा अझै प्रतिगमनको खतरा रहेको औँल्याउँदै जनमोर्चाले प्रतिगमनलाई मद्दत पुर्याउने यी दुई शक्तिसँग सहकार्य नगर्ने स्पष्ट पारेको छ।

कात्तिक ३० गते बुटवलमा सम्पन्न बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्ति प्रकाशित गरी आगामी निर्वाचन आफ्नै सांगठनिक शक्तिका आधारमा लड्ने भन्दै एमाले र राजावादीसँग सहकार्य नगर्ने जनाएका छन्।

यस्तै, राजमोले ५ दलीय गठबन्धन कायम राख्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ। गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भैरहेको राजमोले जनाएको छ। त्यसका लागि एमाले, भारतीय, अमेरिकी साम्राज्यवाद तथा राजावादी शक्तिहरुले पुरा प्रयत्न गरिरहेको जनमोर्चाको ठहर छ।

विज्ञप्तिमा गठबन्धन टुटाउन विभिन्न शक्तिहरुको बेग्लाबेग्लै स्वार्थले काम गरेको बताइएको छ। अमेरिकाले एमसिसी पारित गराउन, भारतीय साम्राज्यवादले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमन तर्फ लैजाने उद्देश्यले गठबन्धन टुटाउन प्रयास गरिरहेको जनमोर्चाले जनाएको छ।

यस्तै, बैठकले देशलाई प्रतिगमन तर्फ जान नदिन प्रधानन्यायाधीशको राजीनामाको विषयलाई तत्काल स्वीकार नगर्ने निष्कर्ष निकालेको छ।

जनमोर्चाले संसदबाट एमसीसी पारित गर्न नहुने दोहोर्याएको छ।

यस्तै, जनमोर्चाले वर्तमान सरकार गठन भएदेखि यता जनजीविका तथा राष्ट्रियताका समस्या झन् विकराल भएको, महङ्गी बृद्धि भएको, राष्ट्रियताको सवालमा जस्तै कालापानीमा भारतीय सैन्य उपस्थिति, दार्चुलाको आकाशमा भारतीय हेलिकोप्टरको उडान, जयसिंह धामीको भारतीय सुरक्षाकर्मीद्वारा हत्या, सुस्तामा हालै भएको भारतीय आक्रमणको विषयमा समेत सरकारले भारतका सामु दृढतापूर्वक कुरा राख्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com