२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

मनाङ जति दुर्गम छ, त्यति नै सुन्दर पनि छ

मनाङ भन्ने बित्तिकै हामीलाई सम्झना आइहाल्छ–हिमालपारीको जिल्ला । मनाङ जति दुर्गम छ, त्यति नै सुन्दर पनि छ । हिमाली जीवनशैली, भेषभुषा, संस्कार, रीतिथिति र रहनसहनलगायत मनाङका विशेषता हुन् ।

समुन्द्री सतहदेखि माथि गएपछि भ्रमणको क्रममा धेरैलाई लेक लाग्ने गरेको भेटिन्छ तर कतिलाई थाहा नै हुँदैन लेक के हो र कसरी लाग्छ भनेर । लेक लाग्नबाट बच्न कसरी भ्रमण गर्ने भन्नेबारे बुझेर एउटा तालिकामा हिँडे आफ्नो स्वास्थ्य पनि स्वस्थ रहने साथै बाटोमा पर्ने हिमाली मागहरुको पनि अवलोकन गर्न पाइने हुँदा त्यस्तो तालिका हितकर हुन सक्छ । अकस्मात उचाइमा जाँदा स्वास्थ्यमा देखिने समस्या नै लेक लाग्नु हो । त्यसकारण योजनाबद्ध रुपमा हिँडेर गन्तव्यमा पुग्नेगरी योजना बनाउनुपर्छ ।

मनाङ जान तनहुँको डुम्रे–बेसिसहर हुँदै माथि लाग्नु पर्छ । जहाँ ताल भन्ने गाउँ आउछ, त्यहाँबाट मनाङ जिल्ला सुरु हुन्छ । अनी लाग्छ अब म हिमालको नजिक छु भन्ने । ताल, धरापनी ,ढिकुर पोखरी, तिमाङ जस्ता धेरै गाउँ यात्राका क्रममा भेटिन्छन् । करिब २६०० माथि गएपछि अन्नपूर्ण हिमालको केही भाग देखिन्छ, त्यस्तै लम्जुङ हिमाललाई पनि नजिकबाट नियाल्न्न पाइन्छ । यस्तै बस्नका लागि रिवेर भ्यू रेसोर्ट जस्ता सुविधासम्पन्न रिसोर्ट पनि रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com