२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आफुलाइ सकाउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको प्रचण्डको दावी

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई सिध्याउन पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्न लागेको बताएका छन् ।

शनिबार रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरे पनि जनताको अगाडि त्यसले कुनै असर नपर्ने अध्यक्ष प्रचण्डले बताए ।

उनले भने, ‘उनीहरु (एमाले) मलाई माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन् । तर, जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’

अध्यक्ष प्रचण्डले एमाले महाधिवेशन अहंकारले गर्न लागिएको पनि आरोप लगाए । आगामी चुनावमा माओवादी केन्द्र मधेशमा पहिलो पार्टी भएर उदाउने पनि दाबी गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com