२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

सुर्खेतबाट काठमाडौँ गइरहेको बस दाङमा दुर्घटना, २९ यात्रु घाइते

दाङ । सुर्खेतबाट काठमाडौँतर्फ गइरहेको बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको उक्त बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना भएको हो । वडा प्रहरी कार्यालय लमहीका अनुसार बसमा सवार रहेका २९ यात्रु घाइते भएका हुन् ।

७ जना घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने लमही अस्पतालमै उपचार भइरहेको छ ।

बसको पट्टा भाँचिएर अनियन्त्रित भएपछि दुर्घटनाग्रस्त भएको हो । घाइतेहरुको पहिचान खुल्न सकेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com