२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

विस्तृत शान्ति सम्झौता भएको आज १५ बर्ष पुरा

काठमाडौं । सरकार र तत्कालीन नेकपा ९माओवादी० बीच विस्तृत शान्ति सम्झौता भएको आज ९आइतबार० १५ वर्ष पूरा भएको छ ।

२०५२ फागुनदेखि ‘जनयुद्ध’ सुर गरेका माओवादीले २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि देशमा दशक लामो युद्ध अन्त्य भएको थियो ।

उक्त सम्झौतामा ‘सरकार र माओवादीबीच चालु युद्धविरामलाई स्थायी रुप दिँदै २०५२ सालदेखि चलिआएको सशस्त्र युद्ध समाप्त भएको घोषणा गर्दछौँ’ भनिएको छ ।

उक्त सम्झौता पत्रमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए ।

उक्त प्रस्तावनामा ‘देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्ने संकल्प गर्दै’ शान्ति सम्झौता गरिएको उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com