२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

मेस्सीको ‘डेब्यु’ गोलमा पीएसजीको सहज जित

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फ्रान्सेली लिग वानमा डेब्यु गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित हात पारेको छ ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको पीएसजीले नान्टेसलाई ३–१ ले पराजित गरेको हो । पीएसजीले १ गोल उपहारमा पाएको थियो । एक गोल फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले गरेका थिए । रान्डल कोलो मुआनीले नान्टेसका लागि १ गोल फर्काए ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको दोस्रो मिनेटमा नै एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । लियान्द्रो ड्यानियल पारेडेसको पासमा एमबाप्पेले गोल गरेका थिए ।

६५औं मिनेटमा गोलरक्षक केलर नाभास सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेयो । लुडोभिक ब्लासमाथि फउल गर्न पुगेका थिए । ७६औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८२औं मिनेटमा डेनिस एपिआले आत्मघाती गोल गरेपछि पीएसजी २–१ को अग्रता लिन सफल भयो । मेस्सीको थ्रु बललाई क्लियर गर्ने क्रममा अपिआले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ८७औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई सहज जित दिलाए ।

यो जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १४ खेलबाट ३७ अंक पुगेको छ । पीएसजीले दोस्रो स्थानको रेनेसलाई १२ अंकले पछि पारेको छ । पराजित नान्टेस १८ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com