२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

थप ३ सय ५१ जनामा कोरोना सङ्क्रमण, २ सय ७३ जना कोरोनावाट मुक्त

काठमाण्डौ – पछिल्लो २४ घण्टामा थप तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ४४ प्रतिशत अर्थात् तीन सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै अहिलेसम्म नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार ६ सय ९९ जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गर्ने विवरणमा एन्टिजेनबाट पुष्टि भएको विवरण छुट्टै सार्वजनिक गरे पनि उनीहरू निको भएको विवरण भने सार्वजनिक गरेको छैन ।

यस्तै २४ घण्टामा दुई सय ७३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ सय ९० पुगेको छ । अहिले नेपालमा सात हजार तीन सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा नौ जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय नौ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९८ हजार पाँच सय ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७९ लाख ९० हजार एक सय ९० जनाले पूर्ण मात्रा र ९२ लाख ६ हजार एक सय ८७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com