२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

इजरायलमा पाँचदेखि एघार वर्षका बालबालिकालाई खोप अभियान शुरु

एजेन्सी

इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ । गर्मीको समयमा यस यहूदी राज्यमा डेल्टा भेरियन्ट कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भएको थियो ।

एघार वर्ष मुनिका बालबालिकाहरुमा हालसालै पुष्टि भएका घटनाहरूको कारण बालबालिकामा कोरोना लहर अनुभव र सङ्क्रमण फेरि बढ्न थालेको प्रधानमन्त्री नफ्ताली बेनेटले बताए । यसअघि बाह्रदेखि १७ वर्षका किशोरकिशोरी खोप दिन सुरु गरिसकिएको थियो । तर फाइजरद्वारा गरिएको परीक्षण र इजरायली वैज्ञानिकहरूको प्यानलबाट भएको अनुसन्धानको आधारमा उमेर सीमा घटाउने निर्णय भएको जनाइएको छ ।

यो सजिलो निर्णय नभएको, तर संयुक्त राज्य अमेरिकाबाट उपलब्ध भएको डाटाको आधारमा पाँचदेखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्ध खोप अभियान शुरु गरिएको समाचारमा जनाइएको छ । प्रधानमन्त्रीले मंगलबार बिहान आफ्नै कान्छो छोरालाई खोप लगाउने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ । इजरायल गत वर्ष कोरोनाभाइरसविरुद्ध खोपहरू शुरुवात गर्ने पहिलो देशहरु मध्ये एक हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com