२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

माओवादी घटकको एकता अनिवार्य छ : मन्त्री पौडेल

काठमाडौँ, ७ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको समृद्धिका लागि पूर्वमाओवादीबीच ध्रुवीकरण हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा माओवादीलाई पहिलो शक्तिका रुपमा स्थापित गराउन माओवादी घटकबीच एकता अनिवार्य रहेको बताउनुभयो ।

“निराशा र कुण्ठा हटाउँदै नयाँ ऊर्जाका साथ समाजवादी क्रान्तिलाई अगाडि बढाउन नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ”, उहाँले भन्नुभयो । प्रविधि सुहाउँदो पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । प्रेस सेन्टर नेपालका निवर्तमान उपाध्यक्ष बलराम थापाले पत्रकारले जनताको विषयलाई उठाउनुपर्ने बताउनुभयो । सेन्टरका निवर्तमान उपाध्यक्ष सचिन रोकाले पत्रकारितालाई बलियो बनाउन पत्रकारको क्षमता अभिवृद्धि गरिनुपर्ने बताउनुभयो ।

यसैबीच, तेस्रो अधिवेशनबाट प्रतिष्ठान प्रदेशको अध्यक्षमा वीरेन्द्र वली सर्वसम्मति चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा रघुनाथ बजगाईं, खुल्ला उपाध्यक्षमा शम्भु दङ्गाल, समावेशी उपाध्यक्षमा छत्रबहादुर श्रेष्ठ, प्रमुख सचिवमा तुलसी सापकोटा, सचिव खुलामा अशोक घिमिरे, विमल खड्का, विजय फुयाँल, जनजाति सचिवमा विवेक लोप्चन, महिला सचिवमा पार्वती खड्का, मधेसी सचिवमा विजय यादव, दलित सचिवमा लक्ष्मण दर्नाल र कोषाध्यक्षमा रामचन्द्र बस्नेत चयन हुनुभएको छ । (रासस)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com