२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

आचारसंहिता उल्लघंन गरेको भन्दै रबि लामिछाने र प्रजिअविरुद्ध कांग्रेसको उजुरी

चितवन – नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुब पोखरेलले  चितवनका प्रजिअ र लामिछानेको विरुद्धमा उजुरी दिएको हो ।

निर्वाचन प्रक्रिया सुरु भए पछि सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट लामिछानेले मत मागेको, विभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुल हुज्जत गरेको, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभित बनाएको, नयाँ किरण मावि भोजाडस्थितत मतदानस्थलमा असहज स्थिति बनाएको भन्दै कांग्रेसले उजुरी गरेको हो  ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com