२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

वर्तमान सरकारले साँचोले खोलेरै देशको ढुकुटीभित्र लुटपाट मच्चायो : अध्यक्ष ओली

वर्तमान सरकारले साँचोले खोलेरै देशको ढुकुटीभित्र लुटपाट मच्चायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले साँचोले खोेलेरै देशको ढुकुटीभित्र लुटपाट मच्चाएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारले देशको ढुकुटीभित्रै बसेर लुटपाट मच्चाएको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘खुलेआम देशको ढुकुटीभित्रै पसेर लुट्ने यस्तो सरकार विश्वमा अन्यत्र छ ? कमसेकम चोरले पनि झ्याल ढोका फाडेर चोर्छ । यो सरकारले त साँचोले खोेलेरै लुट्यो । हद होइन यो ?

यसअघि उनले व्यापारीका प्रतिनिधि ल्याएर उनीहरुले डिक्टेसन गरेका आधारमा करका दर र अन्तशुल्क तय गरिएको आरोप लगाए । उनले भनेका छन्, ‘सचिवले बजेट बनाउन पाउँदैन । ब्यापारिका प्रतिनिधिहरु ल्याएर कुन–कुन करका दर, कहाँ–कहाँ कति–कति राख्ने भनेर उनीहरुले भने बमोजित, उनीहरुको डिक्टेशनमा करका दर तय हुन्छ । अन्त शुल्क तय हुन्छ । अनि विभिन्न छुटहरु तय हुन्छ ।’

त्यस्तै उनले अब यस सरकारको काम नभएको उल्लेख गर्दै फेरि भने, ‘अब यो सरकारको काम छैन । यो सरकार अबिलम्ब हट्नुपर्छ । यिनीहरुको ठाउँमा सद्दे मान्छे कोही हुन्थ्यो भने नि मैन पग्लेझैँ पग्लिएर गल्याकगुलुक भएर सिद्धिन्थ्यो ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com