२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

च्याम्पियन्स लिग : पीएसजीको लज्जास्पद हार, म्यानचेस्टर सिटी बन्यो समूह विजेता

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लज्जास्पद हार बेहोरेको छ ।

स्टार खेलाडीले भरिएको पीएसजीलाई म्यानचेस्टर सिटीले २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै म्यानचेस्टर सिटीले समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

आफ्नै खेलमैदानमा म्यान्चेष्टर सीटीले पीएसजीलाई पराजित गरेको खेलमा दुवै गोल दोस्रो हाफपछि गरेको हो ।
सीटीका लागि रहिम स्टर्लिङले खेलको ६३औँ मिनेट र ग्रावियल जेसुसले ७६ औँ मिनेटमा गोल गरेका थिए । त्यसअघि खेलको ५०औँ मिनेटमै पीएसजीका लागि केलियन एम्बाप्पेले पहिलो गोल गरेका थिए ।

सिटीविरुद्ध पिएसजीले लियोनल मेस्सी, नेयमार र एमबाप्पेको जोडीलाई अग्रपंक्तिमा उतारको थियो । यद्यपि उसले पराजित हुनुपर्यो ।

समूहमा उपविजेता बनेको पीएसजीले पनि नक आउट चरणमा भने स्थान बनाएको छ । त्यस्तैगरी समूह ‘ए’ कै अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई ५(० ले पराजित गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com