२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

दुई खेलअघि अष्ट्रेलियालाई टी २० क्रिकेट शृंखला

एजेन्सी । अष्ट्रेलियाले श्रीलंकाविरुद्धको टी–२० क्रिकेट शृंखला दुई खेल अगाबै जितेको छ । तेस्रो खेलमा श्रीलंकालाई ६ विकेटले हराउदै अष्ट्रेलियाले पाँच खेलको शृंखलामा ३–० ले कब्जा जमाएको हो ।

घरेलु मैदानमा १२२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले ३९ रन, कप्तान आरोन फिन्चले ३५, तथा जोश इन्लिसले २१ रनको योगदान दिए ।

यसअघि टस हातेर ब्याटिङ निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो । श्रीलंकाका लागि कप्तान डसुन सनकाले अविजित ३९, दिनेश चन्डिमालले २५ तथा पाथुम निशन्काले १६ रनको योगदान गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com