२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

लिभरपुल उपाधिबाट एक जित टाढा

काठमाडौं । ट्रेन्ट अलेजान्डर आर्नोल्डले बेन्चबाट आएर गोल गर्दै निर्णायक गोल गरेपछि लेस्टर सिटाई १-० ले पराजित गर्दै लिभरपुल प्रिमियर लिगको उपाधि नजिक पुगेको छ ।

अब लिभरपुललाई उपाधि जित्न ३ अंक मात्र आवश्यक छ भने यो हारपछि लेस्टर सिटी भने रेलिगेसनमा परेको छ ।

७१औं मिनेटमा कोनोर ब्राडलीको स्थानमा मैदान प्रवेश गरेका आर्नोल्डले ७६औं मिनेटमा गोल गरेका थिए । त्यही गोल नै लिभरपुलाई जिताउन निर्णायक बन्यो ।

जितपछि लिभरपुलको ३३ खेलबाट ७९ अंक भएको छ । त्यसअघि दोस्रो स्थानको आर्सनलले इप्स्विच टाउनलाई ४-० ले पराजित गरेपछि लिभरपुलले उपाधि उचाल्नका लागि थप समय कुर्नुपर्ने भएको छ ।

आर्सनलको ३३ खेलबाट ६६ अंक छ । अर्को साता टोटनहमलाई पराजित गरेमा लिभरपुल ४ खेल अगावै लिग च्याम्पियन बन्नेछ ।

त्यसअघि आर्सनलले क्रिस्टल प्यालेससँग खेल्नेछ ।

यदी आर्सनलले प्यालेससँग अंक गुमाएमा पनि लिभरपुलले उपाधि जित्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com