२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

उपाधि होडमा बलियो बन्दै मच्छिन्द्र, च्यासल रेलिगेसनको दबाबमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको होडमा रहेको मच्छिन्द्रले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लवलाई दुई शुन्यले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रको जितमा विमल घर्तिमगर र सुनील बलले गोल गरे ।

खेलको सुरुवातबाट नै आक्रामक खेल खेलेको लिगको उपाधि होडमा रहेको मच्छिन्द्रले १७ औं मिनेटमा अग्रता लिएको हो । विमल घर्तिमगरले उत्कृष्ट फिनिस गरेर अग्रत दिलाएका हुन् । खेलको ३५ औं मिनेटमा मच्छिन्द्रले खेलमा दुई शुन्यको अग्रता बनायो । उसका लागि सुनील बलले उत्कृष्ट गोल गरे । उनले विमल घर्तिमगरको पासमा डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्न सफल भए । यो हारले च्यासल भने रेलिगेसनको दबाब झन बढेको छ। यो जितपछि मच्छिन्द्रको १० खेलमा २६ अंक भएको छ । च्यासलको भने ५ अंक छ ।

यस्तै शनिबार नै सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिबार भएको खेलमा सातदोबाटोले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको छ । सातदोबाटोलाई जित दिलाउन आकाश बुढा मगरले निर्णायक गोल गरे । आकाशले खेलको १९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्र भित्र आकाशलाई फउल गर्दै लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसमा आकाश चुकेनन् ।

यससँगै नवप्रवेशी क्लब सातदोबाटोले पुलिसमाथि पहिलो भेटमै जित निकाल्न सफल भएको छ । यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । पुलिसले १० खेलमा १० अंक जोडेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com