२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

न्युजिल्याण्डले आयरल्याण्डलाई १ रनले हरायो

न्युजिल्याण्डले आयरल्याण्डलाई १ रनले हरायो

एजेन्सी । आयरल्याण्डलाई नाटकीय खेलमा १ रनले हराउँदै न्युजिल्याण्डले एक दिवसीय शृङ्खलामा ३(० ले ह्वाइट वास गरेको छ । न्युजिल्याण्डले पस्केको ३ सय ६१ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५९ रनमा सीमित बन्यो ।

आयरल्याण्डका लागि पाउल स्टर्लिङले १ सय २० रन तथा ह्यारी टेक्टरको १ सय ८ रन बनाएर आयरल्याण्ड न्युजिल्याण्डविरुद्ध पहिलो जीत हासिल गर्ने पथमा अग्रसर थियो । आयरल्याण्डले एकदिवसीय खेलमा आफ्नो अहिलेसम्मकै ठूलो योगफल बनाएपछि जीतबाट भने वञ्चित रह्यो ।

यसअघि मार्टिन गप्टिलको ११५ तथा हेनरी निकोलसको ७९ रनको मद्दतले ६ विकेटको क्षतिमा ३६० रन बनाएको थियो । अब दुई टोलीबीच सोमबारबाट टी–२० खेलहरु सुरु हुनेछ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com