२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

आज थप ३०८ जनामा कोरोना सङ्क्रमण पुष्टि,तीन जनाको मृत्यु

काठमाडौँ, ९ मङ्सिर – देशभर पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा आठ हजार ९०९ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या हालसम्म आठ लाख २० हजार २८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४२४ पुगेको छ । पछिल्लो समय थप २९८ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या हालसम्म आठ लाख एक हजार ४२० पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट तीन जनाको मृत्यु (पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ७७ हजार ८८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३४९ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ९६१, संस्थागत आइसोलेशनमा ३८८, सघन उपचार कक्षमा १९७ र भेन्टिलेटरमा ४१ जनाको उपचार हुँदैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com