२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

मुलुकभर थप १३८६ जनामा कोरोना पुष्टि, ११ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २५१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ लाख ६८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८७०४ जना कोरोना मुक्त भए, ११ संक्रमितको मृत्यु

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७०४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ९ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार २५१ जनाको परीक्षण हुँदा हालसम्म कुल ६२ लाख ६७ हजार ३८३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८१४ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com