२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

ताइवानसँगको अन्तरक्रिया बन्द गर्न अमेरिकालाई चीनको आग्रह

काठमाण्डौ – चीनले ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरु तत्काल बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक चीन सिद्धान्त तथा चीन–अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न आग्रह गर्दै ताइवानसँगका अन्तरक्रियाहरु बन्द गर्न आग्रह गर्नुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यसअघि चीन र अमेरिकाका राष्ट्रपतिबीच भएको भर्चुअल छलफलपछि अमेरिकाले एक चीन नीति प्रति प्रतिबद्ध रहेको जनाएको थियो । तर केही अमेरिकी सांसदहरुले ताइवानको भ्रमण गरेपछि चीनले दुई राष्ट्रपतिले निकालेको संयुक्त विज्ञप्तिको उलंघन गरेको भन्दै आपत्ति जनाएको हो । ताइवानसँगको समस्यालाई चीनले आन्तरिक मामिला पनि भनेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com