२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बरिष्ठ नेता पौडेलको सन्देश सहमतिमै सभापतिको उम्मेदवार चयन गर्छौं

आइतबार काठमाडौंमा ‘कांग्रेसको अबको बाटो : रुपान्तरणका दश सुत्र’ पुस्तक सार्वजनिक कार्यक्रममा नेता पौडेलले सभापतिका आकांक्षीहरुबीच छलफल भइरहेको बताए । उनले भने, ‘हामीहरु छलफलमै छौं, एक–दुई दिनमै सहमतिमै उम्मेदवार टुंग्याउँछौं ।’

सभापतिका आकांक्षी पौडेलले महाधिवेशन अघि कांग्रेसको आगामी कार्यदिशाबारे आफ्नो अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।

पौडेल समूहले सहमतिमै उम्मेदवार तय गर्ने बताउँदै आएको छ तर आकांक्षीहरुले भने अडान नछोड्दा सहमतिको सम्भावना न्यून बन्दै गएको पौडेल समूहकै नेताहरुको भनाइ छ ।

पौडेल समूहबाट सभापतिमा चार आकांक्षी छन् । नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइराला रहेका छन् ।

कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । निर्वाचन समितिले केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता भने मंसिर २१ गते नै सुरु गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com