२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

सन्तोष कार्कीको शतकमा प्रदेश २ ले बागमतिलाई हरायो, कर्णालीमाथि सुदूरपश्चिमको सानदार जित

वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले बागमति प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा बागमतिले दिएको २५४ रनको लक्ष्य प्रदेश २ ले ४ विकेटको क्षतिमा ४१ ओभरमा पार गर्‍यो।

प्रदेश २ को जितमा सन्तोष कार्कीले शतक प्रहार गरे। उनले १११ रन जोडे। ११५ बल खेलेका उनले १४ चौका र ३ छक्का प्रहार गरे।

रोशन विकले २६ रन र कप्तान विवेक यादवले नटआउट ८६ रन जोडे। विवेकले ७३ बलमा ६ चौका र ७ छक्का हिर्काए।

बलिङमा बागमतिका तिलक भण्डारीले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बागमति ३ बल खेल्न बाँकी छदा २५३ रनमा अलआउट भयो।

बागमतिका लागि स्वप्निल अधिकारीले ८५ रनको योगदान दिए। उनले ८३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

बलिङमा प्रदेश २ का पुरज ढुंगेलले ३ विकेट लिए।

जारी प्रतियोगितामा प्रदेश २ ले ३ खेलमा दोस्रो जित हात पारेको हो। बागमति भने चार खेल मध्ये तेस्रो खेलमा पराजित भइसकेको छ।

मुलपानीमा भएको खेलमा भने सुदूरपश्चिमले कर्णालीलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

कर्णालीले दिएको ६७ रनको लक्ष्य सुदूरपश्चिमले विकेट नगुमाइ १२।१ ओभरमा पार गर्‍यो।

उसका लागि खडक बोहराले नटआउट ४१ रन र नरेश भट्टले नटआउट १६ रन जोडे।

पहिले ब्याटिङ गरेको कर्णाली १६।५ ओभरमा ६६ रनमै अलआउट भयो। उसका लागि प्रकाश जोशीले सबैभन्दा बढी १५ रन जोडे।

बलिङमा सुदूरपश्चिमका आकास चन्द, नारायण जोशी र शेर मल्लले ३(३ विकेट लिए।

जारी प्रतियोगितामा सूदूपश्चिमले तीन खेलमा पहिलो जित हात पारेको हो। कर्णालीले चार खेलमा तीन खेलमा पराजित हुँदा एक खेलमा विजयी भएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com