बन्द सत्रबाट बाहिरिए भीम रावल
चितवन । नेकपा (एमाले) को १०औं महाधिवेशनको बन्दसत्रस्थलबाट भीम रावल बाहिरिएका छन् ।
अध्यक्ष ओली प्रवेश गरेको केही बेरमै रावल बैठक स्थलबाट बाहिरिएका हुन् । अध्यक्ष ओलीले पदाधिकारीसहित ३०१ प्रस्तावित केन्द्रीय समिटी सदस्यको नाम फाइनल गरेपछि अध्यक्षमण्डलको बैठक बसेको हो ।
ओलीद्वारा प्रस्तावित नाम अध्यक्ष मण्डलमा पछलफल गरेपछि बन्दसत्रमा पेस गर्ने कार्यतालिका रहेको छ ।