२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

विद्युत प्राधिकरणका कर्मचारी करेन्ट लागेर बिते

बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ। आइतबार भएको उक्त घटनामा २ जना गम्भीर घाइते भएका छन्।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१२ घर भई हाल बुटवल-३ गोलपार्कमा बस्दै आएका ४७ वर्षीय बसन्त भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।

उपमहानगरको निर्माणाधीन भवनमा थ्री फेज लाइन जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको हो। भुसाल विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत् रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

करेन्ट लागेपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगेका भुसाललाई चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही भवनमा काम गरिरहेका रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दियाको राजापुर नगरपालिका-१६ का २८ वर्षीय राजगोपाल चौधरी पनि करेन्ट लागेर घाइते छन्। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरेको प्रहरी प्रमुख केसीले बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com