२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

संविधानको रक्षाका लागि तालमेल आवश्यक : नेता कोइराला

संविधानको रक्षाका लागि तालमेल आवश्यक : नेता कोइराला

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताउनुभएको छ ।

सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उहाँले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको बिकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकार पनि गठन्धनको छ । गठवन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।”

तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उहाँको दावी छ । तालमलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उहाँले थप्नुभयो “एमालेसंग प्रतिशपर्धा गर्नका लागि एक हुनु प(यो ।” अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोही संग सहकार्य गरेर मात्रै निर्बाचनमा आउने उहाँको भनाई थियो ।

संबिधान र ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँमा भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताउनुभयो । यसै बिच नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताउनुभयो ।

उहाँले भन्नुभयो “टिकट बितरण देखि उम्मेदवारलाई बिजयी गाउने सम्मको रोडम्याप अहिले देखिनै बनाउँनु पर्छ ।”देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उहाँको भनाई थियो ।

फरक प्रसंगमा बोल्दै पौडेलले भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताउनुभयो । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उहाँले निर्वाचन पछि भातृ संस्थाहरुको अधिबेशन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com