२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नेपालमा थप १५ जनामा कोरोना पुष्टि, ११ जना निको भए

नेपालमा थप १५ जनामा कोरोना पुष्टि, ११ जना निको भए

नेपालमा थप १५ जनामा कोरोना पुष्टि, ११ जना निको भएकाठमाडौं । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८४२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

३ हजार ९२९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र ९ सय १३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ३९१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १०२ पुगेको छ । हाल नेपालमा ९८ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com