२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

धादिङ सभापतिमा पौडेल पक्षीय रामनाथ अधिकारी निर्वाचित

नेपाली काँग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। सोमबार बिहान आएको मतपरिणामअनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। अधिकारीका निकटतम प्रतिद्धन्द्धी भीम ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए ।

अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने ढुंगानालाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो। यस्तै उपसभापतिमा गेहेन्द्र मल्ल १०६८ र दलबहादुर अधिकारी १००६ मत ल्याएर विजयी भएका हुन् ।

सचिवमा रामकृष्ण पाण्डे १०१२ र विकास श्रेष्ठ ११२१ मत प्राप्त गरी निर्वाचित भए । सहसचिवमा नबराज तिमल्सिना १०९१ मत ल्याएर विजयी हुँदा क्रान्ति डल्लाकोटी र बिजय पाख्रीनले बराबरी मत ल्याएका छन् । उनीहरु दुवै जनाले ९९५ मत ल्याएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com