२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सोमबार बसेको मन्त्रिपरिषद बैठकले १० सचिवको सरुवा

काठमाडौं । १३ मंसिर, सरकारले १० सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार निर्वाचन आयोगका सचिव सुरेश अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरेको छ । निर्वाचन आयोगमा भने प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दवाडीलाई सरुवा गरिएको छ । त्यस्तै वित्त आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदी पठाइएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् भने श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् भने उनको ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने पठाइएका छन् । त्यस्तै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

शहरी विकास मन्त्रालयका सचिव डा। रमेश सिंह सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् भने जल तथा ऊर्जा आयोगका सचिव मणिराम गेलाल शहरी विकासमा सरुवा भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com