जबरजस्ती करणीको आरोपमा पर्सामा दुईजना समातिए

पर्सा प्रहरीले जबरजस्ती करणीको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नं. ७ निवासी २१ वर्षीय विक्रम पटेल कुर्मी तथा जिल्ला पर्सा जिराभवानी गाउँपालिका वडा नंं. २ बस्ने २० वर्षीय प्रभु साह कानु रहेका छन् ।
१७ वर्षीया पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई मंसिर १० गते अन्दाजी करिब ५ बजेको समयमा पीडितकै घरबाट वीरगन्ज महानगरपालिका वडा नं. २४ टोल स्थित सिर्सिया खोलाको किनारमा रहरबारीमा लगि राति करिब १० बजेको समयमा जबरजस्ती करणी गरेको अभियोगमा विक्रम पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसैगरि १४ वर्षीया बालिकाका अभिभावक उपचारको क्रममा वीरगन्ज आएको र घरमा पीडितका स–साना भाइबहिनीहरू मात्र भएको मौका छोपी पीडितको घरमा प्रवेश गरी जोरजुलुम गरी जबरजस्ती करणी गरेको आरोपमा प्रभु साह कानुलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार दुबै बालिकाको अभिभावकको उजुरीको आधारमा दुबैजना आरोपीलाई पक्राउ गरिएको छ भने पक्राउ परेका दुबैजना अभियुक्तलाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थपप गराई जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बताए ।