राजस्व कार्यालय महाराजगन्जकी कम्युटर अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा
राजस्व कार्यालय महाराजगन्जकी कम्युटर अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा
जनसेवा न्युज डटकम संवाददाता
आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्युटर अधिकृतलाई अख्तियारले घुस रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ सुन्धारा घर भएकी ५१ वर्षीया बिन्दु श्रेष्ठ प्रधान छन् ।
साउन १८ मा उनलाई कार्यालयबाट ३० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
कम्युटर बिलिङको सफ्टवेयर स्वीकृति गराउन जाँदा सेवाग्राहीलाई हैरानी दिएर उनले घुस मागेकी थिइन् । सो सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।