२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता निर्वाचन परिणामलाई स्वीकार गर्छु रावल

काठमाण्डौ – नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने बताउनु भएको छ ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो । यस्तै, उहाँले सदस्यता वितरण नवीकरण र प्रतिनिधि छनोटमा गलत काम भइरहेको पनि टिप्पणी गर्नु भएको छ ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा रावल र अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिस्पर्धा छ । अहिले अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान हुँदैछ । महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com