कपिलवस्तु कांग्रेस सभापतिमा पौडेल समूहका अब्दुल कलाम ले ९२८ मत पाएर विजयी
![](https://www.janasewanews.com/wp-content/uploads/2021/11/abdul-kalam1638235693-1.jpg)
कपिलवस्तु कांग्रेस सभापतिमा पौडेल समूहका अब्दुल कलाम विजयी
नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी भएका छन् ।
कलाम ९२८ मत पाएर विजयी भएका हुन् । सभापतिका अर्का प्रतिस्पर्धी देउवा पक्षीय राजेश आर्चायले ८१९ मत पाए ।
कलाम १०९ मतान्तरले सभापतिमा विजयी भएका हुन् ।
यस्तै उपसभापतिमा रजतराज आर्चाय र हुमकान्त खनाल विजयी भएका छन् । सचिवमा खोम बहादुर सिहं ठकुरी ९शक्ति० र प्रेम रायमाझी विजयी भए ।
सहसचिवमा वीरेन्द्रकुमार शुक्ला र मो. वजिह अरसद (ओ।जी) विजयी भएका छन् ।