२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

अशान्त मौन अवधि : दुई पक्षीय झडपदेखि बम विष्फोटसम्म

अशान्त मौन अवधि : दुई पक्षीय झडपदेखि बम विष्फोटसम्म

जनसेवा न्युज डटकम संवाददाता

स्थानीय तह निर्वाचनको मौन अवधि वैशाख २७ मा मध्यरातदेखि शुरु भएको छ । मौन अवधिमा कुनैपनि कार्यक्रम गर्न र मत माग्न निर्वाचन आयोगले निषेध गरेको छ । तर, सो अवधिमा पनि बुधवार दिनभर झडपका घटना भइरहे ।

रुपन्देहीको बुटवल उप–महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईले पैसा बाँड्न खोजेको आरोप लागेको छ । भट्टराई पत्नी माया भट्टराईलाई पैसा बाँड्न खोजेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । वुटवल–१२ स्थित देवीनगरको सुकुम्बासी बस्तीमा उनले पैसा बाँड्न खोजेको आरोप स्थानीयले लगाएका छन् ।

तर, उनको साथमा पैसा फेला नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनले भने–‘पैसा भेटिएको छैन, विवाद समाधान भैसक्यो ।’ पैसा बाँड्न खोजेको विवाद समाधान भएको केही घण्टामा बुटवलको मिलनचोकमा बम विष्फोट भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकस्थित सनराइज बैंक अगाडि विष्फोट भएको थियो । विष्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्युठानमा मौन अवधिमा भेला भएका सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताको बीचमा झडप भएको छ । सरुमारानी गाउँपालिका–३ मा झडप हुँदा ४ जना घाइते भएका प्युठानकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले रातोपाटीलाई बताइन् ।

घाइते हुनेहरुमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्याङ्गी, गुमानसिंह लम्तरी र रमेश राना छन् । घाइते मध्येका रमेश राना सत्तारुढ गठबन्धनका कार्यकर्ता हुन् । उनलाई उपचारका लागि बुटवल लगिएको छ । अरु ३ जना एमालेका कार्यकर्ता हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com